शहरी विकासमन्त्री चौधरीले बुझाए आयोगलाई जरिवाना, स्वास्थमन्त्री खापुङले छैन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतको जरिवाना रकम बुझाउनु भएको छ ।

दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुनु हो । आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई पाँच जरिवाना गरे पनि बुझाउनु भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?