बालुवाटार बैठकमा जानुअघि प्रचण्डको माधव नेपाल र रघुवीर महासेठसँग भेटवार्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चुनावको समीक्षा गर्न सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ । बैठक दिउँसो ३ बजे बस्‍ने भनिए पनि एक घन्टा ढिलो गरी सुरू भएको हो ।

निर्वाचनपछि पहिलोपटक सत्तारुढ दलको बैठक बसेको हो । आजको बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनको विषयमा छलफल गर्ने मुख्य एजेन्डा रहेको नेताहरूले बताएका छन् ।

बालुवाटार बैठकमा जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । दुवैबीच खुमलटारमा भेट भएको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।

यसैगरी, सोमबार नै प्रचण्डसँग एमाले सचिव रघुवीर महासेठले पनि भेटवार्ता गर्नुभएको छ। महासेठ प्रचण्डलाई भेट्न उहाँकै निवास खुमलटार पुग्नुभएको थियो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीकै सल्लाहमा महासेठ प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको हो ।

केही दिनअघि ओलीले फोन गरी प्रचण्डलाई सांसद जितेकोमा बधाई दिँदै सहकार्यको प्रस्ताव गर्नुभएको थियो । त्यसपछि एमाले र माओवादीबीच फेरि सत्ता समीकरणको चर्चा सुरु भएको हो । बालुवाटार बैठकमा जानुअघि प्रचण्डको माधव नेपाल र रघुवीर महासेठबीच भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?