दार्चुला घटनामा रास्वपालाई समर्थन गर्दै सागर ढकालले भने : अझ एक कदम अगाडि जान अनुरोध छ

Read Time = 2 mins

काठमाडौं । दार्चुला घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणालाई सागर ढकालले समर्थन गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग डडेल्धुराबाट चुनावी प्रतिस्पर्धामा पराजित ढकालले रास्वपको विज्ञप्ति आफ्नो सहमति जनाउँदै तर अब विज्ञप्ति भन्दा अझ एक कदम अगाडी बढ्न अनुरोध गर्नुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ :

'म केही दिन अघि दार्चुला आफै पुगेर फिल्डको अध्ययन गरेको थिएँ। रास्वपको यो बिज्ञप्ति मेरो सहमति छ तर अब विज्ञप्ति भन्दा अझ एक कदम अगाडी जानुहुन अनुरोध छ ।' उहाँले भन्नुभएकाे छ, 'राष्ट्रिय पार्टी भइसकेपछि सिँधै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर वा संसदको पहिलो बैठकबाटै यसको बारेमा अपडेट र सूचना लिने प्रकृया सुरु गर्नुपर्दछ। यो खोला फर्काएको बाँध बनाउनको लागि मात्र हो वा सधैँ यस्तै होरु लगायतका अनेक प्रश्नको उत्तर सोध्नुपर्ने छ। मेरो तर्फबाट पनि काठमाडौं आइसकेपछि बुझ्नेछु। केही आशा जागेको छ अब कम्तिमा कोही त बोल्दै छ, ज्युँदै छ ।'

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?