नगर प्रहरी भर्ती गर्दै रास्कोट नगरपालिका

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाले नगर प्रहरी भर्ती गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ । रास्कोट नगरपालिकाले नगरको सेवा करारमा नगर प्रहरी व्यवस्थापन तथा सञ्‍चालन सम्बन्धी कार्यविधि २०७९ निर्माण गरी त्यसअनुसार नगर प्रहरी भर्ना गर्न लागेको हो ।

नगरले १५ दिने सार्वजानिक सूचना जारी गर्दै खुला ८, महिला ३, दलित २ र सहिद तथा वेपत्ता परिवारबाट २ जना गरी १५ जनाको विज्ञापन खुलाएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही पोषणले स्थानीय तहले पाएको अधिकारको प्रयोग गरी नगरको शान्ति सुरक्षा कायम गर्न र स्थानीय युवाहरुलाई रोजगारी सृजना गर्न नगर प्रहरी भर्ना गर्न लागेको बताउनुभयो ।

स्थानीय तह सञ्‍चालन ऐन २०७४ को दफा १९ को उप दफा २ को (क) मा भएको व्यवस्था अनुसार जिल्लामा पहिलो पटक रास्कोट नगरले नगर प्रहरीको भर्तीका लागि सार्वजनिक सूचना जारी गरेको हो ।

नगर प्रमुख शाहीले भन्नभयो,'कानुनले दिएका अधिकारीहरुको प्रयोग गरी जनतालाई गाउँमै सिंहदरबार आएको अनुभूति गराउन हामी स्थानीय सरकारलाई सबल, सक्षम र विधि पद्धतिअनुसार सञ्चालन गरी प्रभावकारी र उदाहरणीय सरकार बनाउने अभियानमा छाैँ ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?