सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच गठबन्धनलाई निरन्तरता दिने सहमति (प्रेस विज्ञप्तिसहित)

फाइल फोटो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमति भएको छ ।

सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो ।

बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।

चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालिएको उहाँले बताउनु भयो ।

हेर्नुहोस् प्रेस विज्ञप्ति

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?