नेफ्टाको नयाँ संस्करण अमेरिकाको टेक्सासमा हुने

Read Time = 2 mins

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औं संस्करण आगामी जेठमा अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३) मा अवार्ड हुनलागेको जनाएको हो । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबईमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौँपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । अध्यक्ष पुष्कर लामाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताउनुभयो ।

अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्मस् र युएस खबरलगायत संस्थासँग सहकार्य गर्दैछ । नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण प्राविधिक संघको कार्यभार बनेको चर्चा गर्दै अध्यक्ष लामाले डायस्पोरा घरेलु चलचित्रको ठूलो बजार बन्न लाग्नु शुभ संकेत भएको बताउनुभयो ।

नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलको रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली चलचित्र संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी चलचित्र छायांकन गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा भनिभएको छ । यसपटकको संस्करणमा २०७९ सालभित्र सार्वजनिक भएका चलचित्रले प्रतिस्पर्धा गर्ने भएका छन् । ४२ विधामा अवार्डमा वितरण गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?