काठमाडौं । गीतकार डब्बु क्षत्रीको नयाँ गीत ‘दुर सागर’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा संगीत, शाहस शाक्यको एरेञ्ज र दीप घतानीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
डब्बुकै निर्देशन रहेको गीतको भिडियोमा सरिता भारती, मिलन दाहाल, सृष्टि कडरिया, आकाश दाहाल र निश्चल विक्रम पौडेलको अभिनय छ । भिडियोमा सरिता मदिराको लतमा फसेर अपराध गर्दै हिँडेको युवतीको भूमिकामा देखिनुभएको छ ।
पोखराको विभिन्न रमणिय स्थलमा छायांकन गरिएको यो गीतको भिडियोमा प्रेममा धोका खाएर मधपानको लतमा लागेकी युवतीले आफ्नो पूर्व प्रेमी र उसको प्रेमिकासँग लिएको बदलाको कथा प्रस्तुत गरिएको छ । नशाले खराब परिणाम दिन्छ भन्ने सन्देश यो गीतको भिडियोले दिएको छ । मिलन शंकरको छायांकन रहेको भिडियोलाई वीरेन्द्र भाट ‘बिपिन’ले सम्पादन तथा रंग संयोजन गर्नुभएको छ ।
डब्बुका यसअघि झरी शृंखलाअन्तर्गत गजलसंग्रह ‘झरी’ आएको छ । यो बाहेक उहाँका अरू झरीसम्बन्धी गीत छन् । आफूले हरेक वर्ष झरीसम्बन्धी गीत ल्याउने गरेको र २०७९ को लागि आफूले झरी शृंखलाको यो नयाँ गीत यतिबेला ल्याएको गीतकार क्षत्रीले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका