काठमाडौं । स्वर सम्राट नारायण गोपालको ३२औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनु भएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो । स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोष तथा सांस्कृतिक संस्थानले संयुक्त रूपमा विशेष सांगीतिक समारोह तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा गीतकार राजेन्द्र थापा तथा संगीतकार प्रकाश गुरुङलाई नारायण गोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदीप पौडेलले नारायण गोपालले राष्ट्रका लागि गरेको योगदानको चर्चा गर्नुभयोे । उहाँले मुलुकको मौलिकता बनाउन अर्को नारायण गोपाल जन्माउन जरुरी रहेको धारणा राख्नुभयो । स्रष्टाहरूलाई राज्यले उचित स्थान दिनुपर्ने उनको भनाइ थियो ।
आफ्नो अद्वितीय गायनबाट सबैलाई आकर्षण गर्नुभएका नारायण गोपाललाई स्वर सम्राटको उपाधि प्रदान गरिएको थियो । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि गायन यात्रालाई निरन्तरता दिनुभएका नारायण गोपालले नेपाली भाषाका १३५ भन्दा धेरै गीत गाउनुभएको थियो । उहाँका गीत अहिले पनि त्यतिकै लोकप्रिय रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको