टेलिकमको रिचार्ज बोनस अफर

Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । दुई सय, पाँच सय र एक हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा बोनस उपलब्ध हुनेछ ।

दुई सयको रिचार्जमा एक दिन प्रयोग गर्न सकिने एक जिबी डाटा र पाँच सयको रिचार्जमा चार दिनसम्म प्रयोग गर्न सकिने चार जिबी डाटा उपलब्ध हुनेछ ।

त्यस्तै, एक हजारको रिचार्जमा १० दिनसम्म प्रयोग गर्न सकिने १० जिबी डाटा बोनसस्वरूप प्राप्त हुनेछ । अफर आगामी पुस १९ गतेसम्म जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?