भारतको एक्जिम बैंक र नबिलबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट-इम्पोर्ट बैंक अफ इण्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक हो ।

एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिललाई व्यापार सहायताअन्तर्गत सदस्यता प्रदान गरेको नबिलले जनाएको छ । उक्त सम्झौताले दुई देशबीच बढ्दो व्यापार सहज बनाउने, बढ्दो आर्थिक संलग्नता सुदृढ गर्ने, आयात निर्यात सहजीकरण गरी अवसर खोल्ने नबिल बैंकको विश्वास छ ।

सुविधाअन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ । जसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सीमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारलाई सहज गर्नेछ ।

नेपालको व्यापारलाई अन्तर्राष्ट्रियकरण र सहजीकरणका लागि नबिलले भूमिका खेल्दै आएको छ । एक्जिम बैंक आयात-निर्यात वित्त पोषणमा संलग्न संस्थाको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?