काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको थप सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले कम्पनीको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ५१ हजार दुई सय ९३ कित्ता साधारण सेयर सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनी हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका