आजदेखि सूर्य नेपाल गल्फ प्रतियोगिता

Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको पहिलो प्रतियोगिताका रूपमा सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सुरु हुने भएको छ । चारदिने प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । मंगलबार सुरु हुने काठमाडौं ओपनमा ३१ व्यावसायिक र शीर्षस्तरमा पाँच एमेच्योर खेलाडीले भाग लिने एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताउनुभयो ।

नेपालका नम्बर एक तथा प्रोफेसनल गल्फ टुर इण्डियामा खेलिरहेका शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, सञ्जय लामा, रामे मगर, रवि खड्कालगायतले प्रतिस्पर्धा गर्नुहुने उहाँले जानकारी दिनुभयो । कुल छ लाख ७० हजार पुरस्कार राशिको काठमाडौं ओपन विजेताले एक लाख १६ हजार, उपविजेताले ७४ हजार र तेस्रो हुने ६३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ स्थानका खेलाडीले नगद पुरस्कार पाउनेछन् ।

त्यसो त यस सिजन सूर्य नेपाल गल्फ टुरमा आठ प्रतियोगिता हुनेछन् । काठमाडौं ओपनसहित सूर्य नेपाल इस्टर्न ओपन डिसेम्बर २१ देखि २४, सेन्ट्रल ओपन जनवरी १६ देखि १९, एनपिजिए म्याच प्ले फेब्रुअरी १ देखि ३, वेस्टर्न ओपन फेब्रुअरी २२ देखि २५, सूर्य नेपाल च्यालेन्ज मार्च १४ देखि १७, एनजिपिए टुर च्याम्पियनसिप अप्रिल १२ देखि २१ र सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मे ८ देखि १२ मा हुने बताइएको छ । प्रतियोगिता सूर्य नेपाल प्रालिले प्रायोजन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?