पाल्पा । पाल्पामा मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी ३३ उम्मेदवारले जमानत जोगाउन सकेनन् । यहाँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका सदस्यमा उम्मेदवार दिएका ४४ जना उम्मेदवारमध्ये ३३ उम्मेदवारले आफ्नो धरौटीसमेत जोगाउन नसकेका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले पार्टीबाहेक अरू दल र स्वतन्त्रले आफ्नो धरौटी जोगाउन सकेनन् ।
प्रतिनिधिसभा सदस्यले १० हजार र प्रदेशसभा सदस्य उम्मेदवारले पाँच हजार रुपैयाँ धरौटी दाखिला गरेका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को दफा १५९ अनुसार पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाएका उम्मेदवारको दफा २२ बमोजिम उक्त रकमको धरौटी जफत भएको हो । ११ जना उम्मेदवारहरूले भने जमानत फिर्ता पाएका छन् । विजेता ६ जना बाहेकका नेपाली कांग्रेसका तीनजना, नेकपा एमालेका दुईजना, उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका हुुन् ।
पाल्पा क्षेत्र नं. १ को प्रतिनिधि सभातर्फ ९६ हजार ३३ जना मतदाता रहेका थिए । जसमा ५८ हजार ३०४ मत खसेको थियो । जहाँ ५६ हजार ८३८ मत सदर र १ हजार ४६६ मत बदर भएको थियो । यो निर्वाचन क्षेत्रमा १० जना उम्मेदवारमध्ये आठ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेहरूमा जनता समाजवादीका मेहरमान रानाले ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २५८ मत, मंगोल नेसनल अर्गनाइजेसनका थम्मनबहादुर बुढामगरले दुई हजार ४५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिंह दर्लामीले १२१ मत, स्वतन्त्र उम्मेदवारहरू विपिन कँडेलले दुई हजार ८६३ मत, राजु सुनारले ६८ मत, नारायण न्यौपानेले २७ मत र डोलराज तिमिल्सिनाले १० मत पाउनुुभएको छ ।
क्षेत्र नं. १ को प्रदेशसभा (१) मा ४९ हजार २५१ मतदाता रहेका थिए । जसमा ३१ हजार २११ मत खसेकोमा ३० हजार ६६५ मत सदर र ५४६ मत बदर भएको थियो । यो निर्वाचन क्षेत्रमा पाँचजना उम्मेदवारमध्ये तीन जनाको जमानत जफत भएको छ । मंगोल नेसनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २६० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४३१ मत र राष्ट्रिय जनमुक्ति पार्टीका भीमसेन सुनारी मगरले ८० मत पाई जमानत जफत गराउनुुभएको छ ।
क्षेत्र नं. १ को प्रदेशसभा (२) मा ४६ हजार ७८२ मतदाता रहेका थिए । जसमा २७ हजार १०४ मत खसेको थियो । जहाँ २६ हजार ५६० मत सदर र ५४४ मत बदर भएको छ । यो निर्वाचन क्षेत्रमा पाँचजना उम्मेदवारमध्ये तीन जनाको जमानत जफत भएको छ । मंगोल नेसनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार १८६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पंगेनीले ३९९ मत र राष्ट्रिय जनमुक्ति पार्टीका टिकबहादुर रानाले १७४ मत पाई जमानत जफत गराउनुुभएको हो ।
यस्तै, पाल्पा क्षेत्र नं. २ प्रतिनिधिसभामा एक लाख पाँच हजार २९३ मतदाता रहेकोमा ६४ हजार चार मत खसेको थियो । जसमा ६२ हजार २०६ मत सदर र एक हजार ७९८ मत बदर भएको छ । १३ जना उम्मेदवारमध्ये ११ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेको पाँच हजार ३४९ मत, मंगोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामीको एक हजार ६०४, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरको ५१७, स्वतन्त्र उम्मेदवार उपेद्रराज गहिरेको ५१३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका खडानन्द गैरेको २१५ मत, जनसमाजवादी पार्टीका देवबहादुर हिस्कीको ११७ मत, जनता समाजवादी पार्टीकी दुरपता सोमैको ११२ मत, नेपाल आमा पार्टीका ताराबहादुर खत्रीको १०२ मत, स्वतन्त्र जीवलाल सुवेदीको ९० मत, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर धुख्या ३६ मत र स्वतन्त्र केशरबहादुर आले सात मत पाई जमानत जफत गराएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पा क्षेत्र नं.२ प्रदेशसभा (१) मा ५६ हजार १२० मतदाता रहेकोमा ३४ हजार ५५९ मत खसेकोमा ३३ हजार ७११ मत सदर र ८४८ मत बदर भएको थियो । प्रदेशसभा १ मा सात जना उम्मेदवारमध्ये पाँच जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेहरूमा मंगोल नेसनल अर्गनाइजेसनका लक्ष्मण गाहाले एक हजार ५९७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले एक हजार ५२० मत, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर राना मगर ३५१ मत, जनता समाजवादी पार्टीका खिकबहादुर रेश्मी मगरले १६३ मत, नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले ७७ मत पाउनुभएको छ ।
पाल्पा क्षेत्र नं. २ प्रदेशसभा (२) मा ४१ हजार १४३ मतदाता रहेकोमा २९ हजार ४१७ मत खसेको थियो । जसमा २८ हजार ६५६ मत सदर र ७६१ मत बदर भएको छ । यो निर्वाचन क्षेत्रमा पाँचजना उम्मेदवारमध्ये तीनजना उम्मेदवारको जमानत जफत भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रपाणी पौडेल ८९० मत, मंगोल नेसनल अर्गनाइजेसनका शिवबहादुर गाहा ३७८ मत र राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर अस्लामी ३४५ मत पाई जमानत जफतमा पर्नुभएको हो । पाल्पाका प्रतिनिधिसभाका १९ जना र प्रदेशसभाका १४ जना उम्मेदवारहरूको जमानत जफत भएको छ । उम्मेदवारहरूको धरौटीबाट मात्र आयोगले दुई लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका