लुम्बिनीमा एमाले पहिलो दल, दोस्रोमा नेपाली कांग्रेस

विवेक खड्का दाङ, संवाददाता
Read Time = 8 mins

दाङ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । उसले १८ सिट जित हात पार्दै पहिलो दल बनेको हो । ०७४ मा सात सिटमात्रै जितेको नेपाली कांग्रेसले १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले पाँच सिट जितेर तेस्रो बनेको छ । माओवादी केन्द्रले २०७४ मा वाम तालमेल हुँदा १४ सिट जितेको थियो । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई-दुई सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ ।

यसपटकको गठबन्धनबाट नेपाली कांग्रेसलाई नाफा भएको छ । कांग्रेसले गठबन्धनकै बलमा यो पटक १७ सिट जित्न सफल भएको हो । माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीनजना स्वतन्त्र उम्मेदवारले समेत चुनाव जितेका छन् । अघिल्लो प्रदेशसभामा पाँच दलको सहभागिता रहेकामा यसपटक कम्तीमा सात दलको प्रतिनिधित्व पक्का भएको छ । समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने नौ दलको प्रतिनिधित्व हुनेछ । यसपटक लुम्बिनी प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रूपका थपिएका छन् ।

अहिलेको निर्वाचनमा एमाले र माओवादीले समान नौ सिट गुमाएका छन् । २०७४ सालको निर्वाचनमा २७ सिट जितेको एमाले यो पटक १८ सिटमा खुम्चिएको छ । ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा माओवादी केन्द्रले पनि नौ सिट गुमाएको छ । नेपाली कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले ०७४ मा १४ सिट जितेको थियो । २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक नौ सिट गुमाएको छ ।

पहिलो दल बनेको नेकपा एमालेबाट लिला गिरी- रूपन्देही २ (१), भोजप्रसाद श्रेष्ठ- रूपन्देही २ (२), तुलसीप्रसाद चौधरी- रूपन्देही-३ (२), भुमिश्वर ढकाल- रूपन्देही ५ (१), चिन्तामणि पाण्डे- गुल्मी १ (१), डिल्लीराज भुसाल-गुल्मी २ (१), दिनेश पन्थी- गुल्मी २ (२), राजुप्रसाद श्रेष्ठ-पाल्पा १ (१) र खेमबहादुर सारु- पाल्पा १ (२) बाट निर्वाचित हुनुभएको छ । यस्तै, चेतनारायण आचार्य- अर्घाखाँची १ (२), राजजीप्रसाद घिमिरे- अर्घाखाँची १ (२), विष्णु पन्थी- कपिलवस्तु १ (१), मधुशरणप्रसाद चौधरी- कपिलवस्तु १ (२), नवराज लामिछाने- कपिलवस्तु २ (१), अर्जुनकुमार केसी- कपिलवस्तु ३ (१), तुलसीराम शर्मा- प्युठान १ (१), दुर्गाप्रसाद चौधरी- बाँके १ (२) र रत्नबहादुर खत्री– बाँके ३ (१) बाट निर्वाचित हुनुभएको छ ।

दोस्रो दल बनेको नेपाली कांग्रेसबाट अब्दुल रज्जाक गद्दी- रूपन्देही १ (२), वसिउद्दिन खाँ- रूपन्देही ४ (२), विश्वप्रेम पाठक- नवलपरासी १ (१), देवकरणप्रसाद कलवार- नवलपरासी १ (२), सुधाकर पाण्डे- कपिलवस्तु २ (२), सरोज थापा- प्युठान १ (२), अनुराग खड्का- दाङ १ (२), राजु खनाल-दाङ २ (१), प्रचण्डविक्रम न्यौपाने- दाङ २ (२), डिल्लीबहादुर चौधरी- दाङ ३ (१) बाट निर्वाचित हुनुभएको छ । यस्तै, बादशाह कुर्मी- बाँके ३ (२), धनबहादुर केसी- रुकुमपुर्व १ (२), भुवनेश्वर चौधरी-बर्दिया १ (१), जन्मजय तिमिल्सेना- बर्दिया २ (१), वीरबहादुर राना- पाल्पा २ (१), धनेन्द्र कार्की- गुल्मी १ (२) र बैजनाथ कलवार जैसवाल- नवलपरासी २ (२) बाट निर्वाचित हुनुभएको छ ।

तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा- रोल्पा १ (१), इन्द्रजित थारु- दाङ १ (१), कृष्णा केसी- बाँके १ (१), तुलाराम घर्ती-पाल्पा २ (२) र धनबहादुर मास्की-दाङ ३ (२) बाट निर्वाचित हुनुभएको छ । यस्तै, जनता समाजवादी पार्टीबाट भण्डारीलाल यादव- बाँके २ (१) र आदेशकुमार अग्रवाल- बाँके २ (२) बाट निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे- रूपन्देही ३ (१) र कन्हैया बनिया- रूपन्देही ४ (१) बाट निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आशिषकुमार चौधरी- रूपन्देही १ (१) र जानकीप्रसाद यादव- कपिलवस्तु ३ (२) बाट निर्वाचित हुनुभएको छ । नयाँ दलका रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी-बर्दिया १ (२) र धर्मबहादुर चौधरी-बर्दिया २ (२) बाट निर्वाचित हुनुभएको छ ।

नयाँ दलकै रूपमा प्रदेशसभामा प्रवेश गरेको जनमत पार्टीबाट चन्द्रकेश गुप्त-रूपन्देही ५ (२) बाट निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिनुभएका स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन- रोल्पा १ (२), सरुल पुन- रुकुमपुर्व १ (१) र खड्ग बस्नेत-नवलपरासी २ (२) बाट निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभाको नतिजा
लुम्बिनी प्रदेशमा रहेको २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आउँदा एमाले पहिलो दल बनेको छ । २६ मध्ये एमालेका उम्मेदवार लुम्बिनीका ११ क्षेत्रमा विजयी भएका छन् । दोस्रोमा नेपाली कांग्रेस छ, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन-तीनवटा निर्वाचन क्षेत्रमा विजयी भएका छन् । त्यसैगरी एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक–एकवटा क्षेत्र जितेका छन् । प्रदेशको एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?