सम्मान गर्न सिक

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

उपदेश सानालाई ठूलाले दिने गरेका हुुन्छन् । उपदेश ग्रहण गर्ने व्यक्ति कस्तो छ भन्ने आधार उपदेश दिने व्यक्ति र लिनेमा भर पर्ने गरेको हुन्छ । मानिस उपदेश प्रिय हुन्छ । ऊ अरूलाई उपदेश दिने सन्दर्भमा सधैँ अघि आएको हुन्छ । उसले दिने उपदेश प्रयोगमा आएको छ वा छैन उसलाई वास्ता हुुँदैन पनि । सानालाई यस्तो बन, उस्तो बन भनेर उपदेश दिनुु मानवीय सत्यता पनि हो तर उपदेशको कार्यान्वयनमा जटिलता आउने गरेको हुुन्छ । त्यसैले मानिस आजकल उपदेशमा विश्वास नगरेर कर्मप्रति सचेत हुने गरेको देखिन्छ ।

मानिस उपदेशप्रति जेजसरी प्रस्तुुत हुुन्छ त्यो उसको व्यक्तिगत जीवनको आधार मानिएको छ । त्यही जीवनको आधारलाई अभिव्यक्त गर्ने भावनाको सौन्दर्य नै मानिसका लागि उपदेश मानिएको हुुन्छ । व्यक्तिगत उपदेशले जीवनका हरेक पक्षमा काम गरेको हुुन्छ वा नगरेको पनि हुुन सक्छ । तर, राजनीतिक उपदेशका अनेक आधार हुने गर्दछन् । यही आधारलाई टेकेको हुुन्छ राजनीतिक उपदेशले पनि । राजनीतिको उपदेश जानेका, बुुझेका, अनुुभवबाट खारिएकाले दिने हो ।

राजनीतिको उपदेश परिपक्व राजनीतिले खारिएका, राज्य सञ्चालनमा खरो बनेर उभिएका, विभिन्न विद्वान्ले उल्लेख गरेका अध्ययनबाट सजिएका व्यक्तिले दिने गरेका हुुन्छन् । कुनै पनि राज्यको शासकले पूूववर्तीबाट सत्ता सञ्चालनको आधारलाई ग्रहण गर्ने गरेको हुुन्छ । राजनीति आफैँ सबै कुरालाई सिकाउने केन्द्र पनि होइन तर सत्ताका पूूर्ववर्तीबाट प्राप्त गरेका सुझावलाई अक्षरशः पालन गर्नुपर्छ भन्ने होइन । सुुझाव सबैको लिनु राजनीतिक संस्कार पनि हो । राजनीतिक संस्कारले त्यही कुरालाई सिकाएको हुुन्छ । पूूर्ववर्तीबाट शिक्षा, सन्देश र दीक्षा लिएर शासन चलाउने अवस्था आयो भने त्यो शासन व्यवस्था र शासक परिपक्व मानिएको हुन्छ । यही तथ्य भेटिएको छ महाभारतमा पनि ।

हस्तिनापुरका शासक धृतराष्ट्रले कसैले भनेको मानेनन् । आफ्नो मनोमानी तरिकाबाट शासन सञ्चालन गरे । उनले सबैभन्दा अग्र भागमा आफ्नो छोरा दुुर्योधनको भलाइ चाहे । आफूूपछि मेरो छोरा नै हस्तिनापुरको राजा होस् भन्ने कामनामा सदा समर्पित बने ।

हस्तिनापुरका शासक धृतराष्ट्रले कसैले भनेको मानेनन् । आफ्नो मनोमानी तरिकाबाट शासन सञ्चालन गरे । उनले सबैभन्दा अग्र भागमा आफ्नो छोरा दुुर्योधनको भलाइ चाहे । आफूूपछि मेरो छोरा नै हस्तिनापुरको राजा होस् भन्ने कामनामा सदा समर्पित बने । उनलाई आफूभन्दा मान्ने र आफ्नाले दिएको राजनीति र सत्तासञ्चालनको ज्ञान सदा कमजोर लाग्यो । त्यसैले आफ्नो शासनकालमा कुलको सर्वनाश गरे । कौरव वंशको सर्वनाशमा उनी पनि एउटा हिस्सा बनेर आए महाभारतमा । युुद्ध सकियो ।

उक्त युुद्धमा धर्मको जित भयो । अन्याय, अत्याचार र आफ्नामाथि गरिएको तर्क तथा छल काम लागेन उनका लागि । यो तत्कालीन समयको आधार थियो धृतराष्ट्रका लागि पनि । युुद्धको समाप्तिपछि पाण्डवसित बसेका धृतराष्ट्र हस्तिनापुरका प्रधान सेवक युुधिष्ठिरलाई राजनीतिको गहन उपदेश दिएका छन् । शासन व्यवस्थाका आधार र शासकले गर्ने कतव्र्यलाई उनले उपदेशको माध्यम बनाएका छन् । त्यो उपदेश युधिष्ठिरका लागि शासन सञ्चालनको अचुुक माध्यम बनेको छ ।

धृतराष्ट्रको उपदेश :
धृतराष्ट्र युधिष्ठिरलाई राजनीतिक उपदेश दिने माध्यम बने । आफूले शासन चलाउँदा भोगेका सबै कुरालाई उनले युुधिष्ठिर सामुु राखेका छन् । उनले दिने उपदेशले तत्कालीन समयको राजनीतिक व्यवहारलाई बाहिर ल्याएको छ । राज्य सञ्चालनका धेरै आधार हुन सक्छन् तर सत्ता सञ्चालनको पहिलो आधार उनले विद्वान्को सम्मान र ईज्जतलाई मानेका छन् ।
विद्यावृद्धान् सदैव त्वमुुपासिथा युुधिष्ठिर ।
शृणुुयास्ते च यद् ब्रूूयुु कुुर्याश्चैवविचारयन् ।।
विद्वान्को सङ्गत गर्नु, उनीहरूले जे भनेका छन् त्यसलाई विचार नगरेर प्रयोगमा ल्याउनुु राजनीतिको उत्तम उपाय हो । यो कस्तो उपदेश हो उनको । जसले कहिले पनि विद्वान्को कदर गरेन, आफूूभन्दा ठूलाले दिएको उपदेश मानेन, जसका कारण महाभारतको युुद्ध भयो उही व्यक्ति आज राजनीतिको उपदेश दिइरहेको छ । विद्वान्को विचारलाई जहिले पनि सम्मान गर तथा पालन गर भन्दैछ । यही हो सत्ता सञ्चालनको पहिलो आधार पनि ।

विद्वान् सदा सम्मानको भोको हुुन्छ । राज्यले दिने कुनै पनि सहयोग र दान दातव्यलाई त्याग्न सक्छ । त्यसैले पहिलो कर्तव्य नै विद्वान्को कदर र सम्मान हो । यही सम्मानका आधारमा उनीहरूको जीवनका हरेक क्षण लालायित बनेर आएका हुन्छन् । धृतराष्ट्र विद्वान्को आदर सम्मानमात्र होइन उनीहरूको दर्शनले पनि व्यवस्था गतिलो हुने कुराको सङ्केत गर्दछन् । आफूले गरेको गल्तीका कारण शासन चलाउन नसकेको अवस्थालाई उनले मनन गरेका छन् । सत्य कुरालाई बाहिर ल्याउने, शासकले दिएको अन्नमा नबाँच्ने, जे देखेको छ त्यही कुरालाई बाहिर ल्याउने विद्वान्को कदर गर्न आग्रह गर्दै उनी भन्छन् :
प्रातरुत्थाय तान् राजन् पूूजयित्वा यथाविधि ।
कृत्यकाले समुुत्पन्ने पृत्छेथाः कार्यमात्मन ।।
बिहान उठेर विद्वान्को दर्शन गर । उनीहरूलाई सत्कार र सम्मान गर । आफूलाई परेको समस्याका बारेमा उनीहरूलाई बताऊ । विद्वान्ले आइपरेका समस्याका बारेमा सबै जानकारी तिमीलाई दिनेछन् । कस्तो आदर विद्वान्प्रति धृतराष्ट्रको । यो राज्य सञ्चालनको पहिलो आधार हो । यही आधारमा सत्ताको सञ्चालन गतिलो तरिकाले गतिशील बनेको हुन्छ । यदि विद्वान्को कदर गर्न सकियो भने व्यवस्थाका हरेक अङ्ग सबल हुने कुुरालाई धृतराष्ट्रले गतिलो तरिकाले प्रस्तुत गरेका छन् । सम्मान खोज्न हिँड्ने विद्वान् होइनन् ।

राज्यले चाहेको बेलामा उनीहरूभित्र रहेको शक्तिलाई र प्रतिभालाई सदा सम्मान गरेको हुनुुपर्ने धारणा उनको देखिएको छ । व्यवस्थाका हरेक क्षेत्रमा विद्वान्को कदर गरेमा राज्यका सबै पक्ष सबल र सक्षम हुने कुराको बोध धृतराष्ट्रलाई भएको देखिन्छ । उनीहरूमा विद्यमान् रहेको ज्ञानले शासकलाई सदा सम्मान गर्ने र सही मार्ग देखाउने कुरालाई उनले जोडदाररूपमा उठाएका छन् । आफूशासनमा बस्दा विद्वान्, ज्ञानी, पाका व्यक्तिको कदर नगरेका धृतराष्ट्र युधिष्ठिरलाई उपदेश दिन भ्याएका छन् । आफूले गरेको त्रुुटि हस्तिनापुुरका शासकले नगरून् भन्ने चाह धृतराष्ट्रको देखिएको छ । शासकले विद्वान्को सम्मान गरेमा उनीहरूले सबै शासकको हितका कुरा बताउनेछन् भन्दै उनी भन्छन् :
ते तुु सम्मानिता राजंस्त्वया कार्यहितार्थिना ।
प्रवक्ष्यन्ति हितं तात सर्वथा तव भारत ।।
तिमीले विद्वान्लाई सम्मान दियौ भने सदा तिम्रो हितका लागि उनीहरू समर्पित रहनेछन् । उनीहरूले सदा तिम्रो र तिम्रो राज्यको कल्याण चाहनेछन् । यो उनको राज्य सञ्चालनमा पहिलो सम्मानित व्यक्तित्वको आधार हो । यदि सम्मानयुुक्त विद्वान् भएमा राज्यका सबै कुरामा उनीहरूको भावना काम लाग्ने कुरा उनले बताएका छन् । शासकको जीवनका हरेक आधारले गति पाउने तर्कलाई धृतराष्ट्रले गतिलो तरिकाले बताएका छन् । राज्य आफैं सञ्चालन भए पनि उक्त राज्यका सबै विद्वान्को कदरलाई पहिलो प्राथमिकतामा राखेका छन् धृतराष्ट्रले ।

धृतराष्ट्रले राज्य सञ्चालनका विविध उपाय युुधिष्ठिरलाई बताए । पहिलो राम्रो र सबैभन्दा उपयोगी उपाय भनेको विद्वान्को कदरलाई माने । राज्यका हरेक अङ्ग वा क्षेत्रमा विद्वान्लाई प्राथमिकता दिएमा राज्यव्यवस्था र त्यसका सबै कार्य व्यवस्थितरूपमा सञ्चालन हुने कुरालाई उनले तर्कपूूर्ण तरिकाले बताएका छन् । यो राज्यसञ्चालनको पहिलो आधार हो । राज्यसञ्चालनमा विद्वान्को कदर हुन सकेन भने राज्य सञ्चालन त हुन्छ तर त्यहाँ सबै कुराको कमी रहने तर्कलाई उनले बताए ।

आजको अवस्था :
शासन सञ्चालन राजनीतिक मान्यता हो । राजनीतिले शासनलाई सदा गतिशील तुुल्याएको हुुन्छ । अध्ययनशील राजनेता र शासक भएमा उसले विद्वान् र उनीहरूका उपदेशलाई अक्षरशः पालन गरेको हुन्छ । तर आजको अवस्था ठीक उल्टो देखिएको छ । शासनमा विद्वान्लाई कदर गर्न छोडिएको छ । विद्वान्ले बोलेका कुरालाई मनन् गरिएको छैन । आफ्ना र आफन्तको वरिपरि घुुम्ने शासकहरूको अवस्था धृतराष्ट्रको जस्तो देखिएको छ ।

विद्वान् सत्य बोल्छ, सत्य सुुन्छ र सत्यलाई सदा बाहिर ल्याएको हुन्छ तर राज्यका सञ्चालक र ती शासकका वरिपरि घुुम्ने चाटुकारले विद्वान्को कदर गर्न जानेका छैनन् । उनीहरूले त सत्ताको स्वाद र त्यहाँ लाग्ने तर चाट्नेमात्र काम गरेका हुुन्छन् ।

विद्वान् सत्य बोल्छ, सत्य सुुन्छ र सत्यलाई सदा बाहिर ल्याएको हुन्छ तर राज्यका सञ्चालक र ती शासकका वरिपरि घुुम्ने चाटुकारले विद्वान्को कदर गर्न जानेका छैनन् । उनीहरूले त सत्ताको स्वाद र त्यहाँ लाग्ने तर चाट्नेमात्र काम गरेका हुुन्छन् । आजकलको विश्व वैज्ञानिक सम्पन्नता र त्यसले प्रवाह गरेको शक्तिमा केन्द्रिकृत बनेर बसेको छ ।

शासकको पछि लाग्ने विद्वान्, विद्वान्को कदर नगर्ने शासक आजकल एक अर्काका पूरक बनेर उपस्थित भएका छन् । सत्ताका हरेक अङ्गमा विद्वान्को उपस्थिति हुनुुपर्नेमा त्यसो हुन सकेको छैन । शासकले चाटुुकार विद्वान् मन पराउँछन् । विद्वान् चाटुुुकारको खोल ओढेर शासकको पछिपछि कुुदिरहेका हुुन्छन् । त्यसैले शासनका हरेक क्षेत्रमा कुुशासन देखापरेको छ । संसारका कुनै पनि शासक विद्वान्को कदर र सम्मानमा चुुकेको छ । ऊ आफ्नो व्यवसाय राजनीति बनाउँछ । व्यवस्थित तथा गतिला कार्यक्रम र त्यसले पार्ने दूूरगामी असरलाई हेर्दैन । तत्कालका लागि गरिने निर्णयले देश र देशवासीको कहिले पनि भलो हुुँदैन । विद्वान् चाटुुकार नबनोस्, शासक विद्वान्को कदर गर्न जानोस्, राज्यका हरेक क्षेत्रमा विद्वान्को कदर होस् भन्ने कामनासहित ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?