दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्वकप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्टार खेलाडी नेयमरको पुनरागमनमा ब्राजिलले रंगशाला ९७४ मा मंगलबार बिहान उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण कोरियालाई ४–१ ले पन्छाउँदै विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे ।

नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए ।

अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसिया जापानलाई हराएर अन्तिम आठमा प्रवेश गरिसकेको छ । दक्षिण कोरिया भने विश्वकपबाट बाहिरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?