विश्वकप फुटबल : आज नकआउट चरणका अन्तिम दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेलहरू आज (मंगलबार) हुँदैछन् ।

कतारको एजुकेसन सिटी स्टेडियममा नेपाली समयअनुसार बेलुकी पौने ९ बजे हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

लुसिल स्टेडियममा राति पौने १ बजे हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्याण्ड भिड्नेछन्। ​पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्याण्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?