समानुपातिक तर्फको मतगणना आज सकिने, पहिलो एमाले, नेकपा एस राष्ट्रिय दल नबन्ने निश्चित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज (मंगलबार) सकिने भएको छ ।

मंगलबार बिहानसम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ । जसमा नेकपा एमाले अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ ।

यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ ।

यो मतसँगै एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना लगभग समाप्त भएको छ । राष्ट्रिय दल बन्नका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत पाउनुपर्छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीले प्रत्यक्षतर्फ सत्ता गठबन्धनको सहारामा १० सिट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने सम्भावना लगभग सकिएको देखिन्छ ।

प्रत्यक्षतर्फको अन्तिम परिणाम भने आइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?