युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावरले १०.५२६ प्रतिशत लाभांश बाँड्ने

Read Time = 1 min

काठमाडौं । युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्‍चालक समितिले यस्तो प्रस्ताव गरेको हो ।

मंसिर २८ गते बस्न लागेको वार्षिक साधारणसभामा यो प्रस्ताव लैजाने छ । पोखराको घारीपाटन(१७ को आभ्या क्लबमा कार्यक्रम आयोजना गरिएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ ।

मंसिर १५ गतेसम्म कारोबार भई सेयर नामसारी भएर कायम भएका सेयरधनीहरूले मात्रै साधारणसभामा भाग लिन पाउने उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?