चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

रियाद । अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन् ।

सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन-अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

सीको दुई दिने भ्रमणका क्रममा चीन-जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपतिको साउदी भ्रमणको चर्चा महिनौंदेखि चलिरहेको थियो। भ्रमणबारे साउदी अरेबिया र चीनका सरकारहरूले पुष्टि गर्न बाँकी छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?