रुसद्वारा युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रुसले युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ । सोमबार रुसले उर्जा तथा अन्य भौतिक संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरेको हो ।

आक्रमणमा परेर चार जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनले कम्तिमा ७० वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ भने रुसले १७ वटा निशानामा प्रहार गरेको जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट छिमेकी मोल्दोभामा पनि विजुली आपूर्तिमा समस्या आएको बताए । जेलेन्स्कीले रुसी आक्रमण युक्रेनमा मात्रै नभई त्यस क्षेत्रमै विस्तार भईरहेको दाबी गरे ।

रुसले नयाँ हमला गर्दैछ भन्ने हल्ला चलिरहेको बेला रुसभित्र वायु सेनाका दुई वटा आधार शिविरमा बम विष्फोट भएलगत्तै रुसले युक्रेनमाथि क्षेप्यास्त्र बर्षाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?