तेहरानमा यो वर्ष अहिलेसम्म ५०४ जनालाई मृत्युदण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

तेहरान । इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी समूहले जनाएको छ ।

नर्वेस्थित इरान ह्युमन राइट्सका अनुसार यस वर्षको डिसेम्बरसम्म इरानमा ५०४ जनालाई मृत्युदण्ड दिइएको छ । फाँसी दिइएको भनिएको व्यक्तिहरूको थप केसहरू पुष्टि गर्न काम आफूले गरिरहेको पनि समूहले जनाएको छ ।

अधिकारीहरूले सेप्टेम्बरदेखि इरानमा सुरु भएको शासन विरोधी प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्डको सजायको व्यापक प्रयोग गर्ने चिन्ता बढ्दै जाँदा प्रछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो ।

आईएचआरको गणनामा चार जना व्यक्तिहरू समावेश छन् जसलाई इजरायलको गुप्तचर सेवासँग काम गरेको अभियोगमा आइतबार मृत्युदण्ड दिइएको आधिकारिक सञ्चार माध्यमले जनाएको छ ।

उनीहरुलाई तेहरान बाहिर रहेको गोहार्डस्ट पनि भनिने राजाइ शहर कारागारमा मृत्युदण्ड दिइएको अधिकारवादी समूहले जनाएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?