यसकारण राखियो स्टेडियम ९७४ नाम

हिमालय टाइम्स
Read Time = 2 mins

दोहा । पहिलो पटक मध्यपूर्वमा आयोजना भएको कतार विश्वकपलाई लिएर अहिले चौतर्फी चासो छ ।  विश्वकप आयोजना भइरहेका स्टेडियमप्रति पनि धेरैको चासो छ । प्रतियोगिताका लागि कतारले विगत एक दशकमा सात नयाँ रंगशालाहरू निर्माण गरेको छ र अर्कोलाई मर्मत गरेको छ ।

तर, ती सात स्टेडियमहरूमध्येको दोहामा निर्मित स्टेडियम ९७४ अद्वितीय निर्माणका लागि प्रख्यात छ । स्टेडियम रिसाइकल सिपिङ कन्टेनरबाट निर्माण गरिएको हो । रंगशाला निर्माण गर्न ९७४ वटा ढुवानी कन्टेनरको प्रयोग भएकोले पनि यस रंगशालाको नाम ’९७४’ राखिएको हो । खाडी देशको अन्तर्राष्ट्रिय डायलिङ कोड पनि ९७४ नै हो ।

प्रतियागितापछि स्टेडियम पूर्ण रूपमा भत्काउन र पुनः प्रयोग गर्न सकिने आयोजकले जनाएको छ । सोमबार, फिफा विश्वकपको आधिकारिक ट्विटर पेजले स्टेडियम ९७४ को ३६० डिग्री फुटेज सेयर गर्‍यो । भिडियो सेयर गर्दै फिफाले लेखेको छ, ‘ सिपिङ कन्टेनरबाट निर्मित । स्टेडियम पूर्ण रूपमा भत्काउन र प्रतियागितापछि  पुनः प्रयोग गर्न सकिन्छ ।’

आयोजकका अनुसार बन्दरगाहको ढाँचाका रूपमा निर्माण गरिएको सो रंगशालाको सिट क्षमता ४० हजार छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?