कैलाली । निर्वाचनको अन्तिम मतपरिणाम पुग्दै गर्दा सुदूरपश्चिम प्रदेश सभा सचिवालयका कर्मचारी नवनिर्वाचित प्रदेश सभा सदस्यको स्वागतको तयारीमा जुटेको छन् ।
यस प्रदेशमा छ दल बनेपछि संसदीय दलका कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन, सभा सञ्चालनका लागि आवश्यक पर्ने विजनेश लगायतको तयारीमा प्रदेश सभा जुटिरहेको छ । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा सदस्यको स्वागतका लागि सचिवालय तीव्र रुपमा तयारीमा जुटेको बताउनुभयाे । उहाँले कार्यालय व्यवस्थापन, रंगरोगन, कुर्ची व्यवस्थापन लगायतका काम भईरहेको बताउनुभयाे ।
२०७४ सालमा जिल्ला समन्वय समिति कैलालीको भवनमा प्रदेश सभा सचिवालयको कार्यालय बनाइएको थियो । जिल्ला समन्वय समितिले व्यापारिक परियोजनाका लागि बनाएको भवनमा संसदिय दल र विषयगत समितिको कार्यालय व्यवस्थापन गरिएको थियो । अहिले धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्ने क्रममा सो भवनको केही भाग हटाउनुपरेपछि सचिवालयलाई व्यवस्थापन गर्न चुनौती देखिएको छ ।
२० लाखमा फेरिय माईक र टेबल
सुदूरपश्चिम प्रदेश सभामा अघिल्लो सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ सांसदहरूलाई नयाँ माइक राखिएको छ । नयाँ सांसदहरूलाई नयाँ माइक मात्रै होइन उनीहरुको लागि नयाँ टेबल पनि राखिएको छ । पुराना टेबल अहिले थन्काइएको छ । युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित संसद् सहयोग परियोजना मार्फत सुदूरपश्चिम प्रदेश सभामा धमाधम व्यवस्थापनको कामहरू भइरहेको हो ।
युएनडिपीले अघिल्लो पटक लगानी गरेर तयार गरेका उपकरणहरू हटाएर फेरि त्यहि उपकरणका लागि आर्थिक सहयोग गरेको छ । प्रदेश सभामा ३२ वटा नयाँ माइकहरू राखिएका छन् । रोष्टममा २ वटा सभामुखको स्थानमा २ वटा र प्रदेश सभा सदस्यहरूको स्थानमा २८ वटा माइकल जडान भइसकेका छन् ।
त्यसबाहेक पुरानो टेबल हटाएर ५४ पिस नयाँ टेबल राखिएको छ । पुरानो भद्दा भएको र जोडिएको टेबल भएको भन्दै नयाँमा लगानी गरिएकोप्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयाे । उहाँले अहिले सम्म ३ पटक माईक फेरि सकेको जानकारी दिनुभयाे । नयाँ प्रदेश सभा सदस्यहरूको लागि युएनडिपीले २० लाख भन्दा बढी रकम खर्च गरेको छ । यहाँ ५ लाख १४ हजारको फर्निचर र १५ लाख १७ हजारका उपकरण जडान भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच