लागुऔषधसहित ५ जना पक्राउ

Read Time = 1 min

काठमाडौँ । कैलालीबाट अवैध लागुऔषधसहित ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय रोशन शाहसहित ४ जना रहेका छन् ।

रामपुरबाट खटिएको प्रहरीले कैलारी गाउँपालिका-७ रामपुर  बस्ने रामशरण चौधरीको घरमा तलासी गर्दा ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले जारी सूचनामा उल्लेख गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?