पाल्पामा बिहे भोज खाएका एक सय २५ जना विरामी

तस्वीर : पाल्पाको चिर्तुङ्गधारामा विरामीको अवस्था बुुझ्दै स्वास्थ्यकर्मी ।

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । जिल्लाको एक गाउँमा बिहेको भोज खाएपछि एक सय २५ जना विरामी भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा शनिबार बिहे भोज खाएका यहाँका एकै गाउँका ८० जना र व्यूूठानबाट जन्ती आएका ४५ जना गरी एक सय २५ जना व्यक्ति विरामी परेका हुन् ।

चिर्तुङधाराका दानबहादुर गाहाको छोरीको बिहेमा गएर भोज खाएका बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० भन्दा बढी व्यक्ति बिरामी परेका छन् । उनीहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका समस्या देखिएको छ ।

अधिकांशलाई स्थानीय स्वास्थ्यचौकीबाट औषधि उपचार गरे पनि ठिक नभएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पुु¥याइएको थियो । कतिपयले आइतबार खप्न सकिन्छ कि भन्ने भएपनि सोमबार भने अधिकांश बिरामी आत्तिएर अस्पताल पुगेका थिए । मिसन अस्पतालका अनुसार सोमबार २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना लिएर उपचार गर्नु परेको छ ।

अस्पतालका प्रमुुख प्रशासकिय अधिकृत जीवन भट्टराईका अनुसार सबै बिरामी खतरामुक्त भएपछि घर पठाइएको छ । बिहे भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेकाले समस्या आएको वडाध्यक्ष शेरबहादुर रानाले बताउनुुभयो । ‘कतिपय घरमै सहेर, खटाएर पनि बसेका छन्,’ उहाँले भन्नुुभयो, ‘घरका प्रायः सबैजसो बिरामी भएको अवस्था छ । कतिपयले सहनै नसक्ने भएपछि मात्र बिरामीहरु अस्पताल गएका हुन् ।’ के कारणले ‘फुड पोइजन’ भयो भन्ने अनुमानसमेत गर्न नसकेकिएको वडाध्यक्ष रानाले बताउनुुभयो । अहिले विरामीहरुको उपचारका लागि स्वास्थकर्मीसहितको टोली समुदायमा पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयसहितको टोली घर घरमा पुगेर उपचारको व्यवस्था गरेको जनाएको छ । भोजमा खाएको खाना नै बिषाक्त हुन सक्ने अनुमान गरिएको छ ।

स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्य शाखाको पहलमा पानीको परीक्षण गर्ने तयारी पनि गरिएको ल्याब टेक्निसिएन मधुसूधन भट्टराईले जानकारी दिनुुभयो । यस्तै युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती जन्ती आएका एकै गाउँका ४५ जना पनि बिरामी परेका छन् । बेहुला बेहुलीसहित ४५ बिरामी छन् । प्युठान अस्पतालका अनुसार अहिले अधिकशको अवस्था समान्य छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?