काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ । प्रदेश र प्रतिनिधिसभातर्फ प्रत्यक्षको मत गनिसकिएको छ । अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको छ ।
नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र एकीकृत समाजवादी सातौं पार्टी बनेका छन् । एक वर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि पार्टी त्यागेर हिँड्नुभएका कमल थापाले राप्रपा नेपाल पार्टी पुनर्गठन गर्नुभयो र त्यो पार्टीको अध्यक्षसमेत बन्नुभयो ।
निर्वाचन आयोगले उहाँको पार्टीलाई चुनाव चिन्ह तिर दिएको थियो । तर, उहाँ आफैं भने पार्टीको चुनाव चिन्हबाट नलडी एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर १ मा उम्मेदवार बन्नुभाये । आफ्ना पार्टीका उम्मेदवारलाई भने उहाँले तिरमै चुनावमा उठाउनु भयो ।
राप्रपा नेपालले प्रतिनिधिसभातर्फ १२ हजार ३०२ मत पाएको छ । उहाँले मकवानपुर १ मा प्रत्यक्षमा पाएको २६ हजार मत एमालेमै जोडिने भएकाले राप्रपा नेपाललाई घाटा लागेको छ ।
राप्रपा नेपालले सातै प्रदेशमा समानुपातिकतर्फ २१ हजार ६९६ मत पाएको छ । राप्रपा नोपलले कहीँकतै उल्लेख्य मत प्राप्त गर्न सकेन । उसले प्रदेश १ मा ३,३९१, मधेसमा ६,५२२, बागमतीमा ५,६७५, गण्डकीमा ९१२, लुम्बिनीमा ३,३४९, कर्णालीमा ६०६ र सुदूरपश्चिम प्रदेशमा १,२४१ मत पाएको छ । थापाले छाडेको राप्रपाले भने संघतर्फ प्रत्यक्ष र समानुपातिक गरी १४ सिट हात पार्ने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच