काठमाडौं । अवैध लागू औषध ब्राउन सुगरसहित कैलालीबाट चार जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका ७ रामपुरमा सोमबार १ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका ८ बस्ने २४ वर्षीय रोशन शाहसहित चार जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले स्थानीय रामशरण चौधरीको घर तलासी गर्दा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका