मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न भन्दै उद्योगमन्त्री बडूसँग महासंघका पदाधिकारीले गरे भेट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ ।

उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै मंगलवार मन्त्रालयमा पुगेर मन्त्री बडूसँग भेट गरेको हो ।

यसअघि पनि उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहालसँगसमेत भेट गरेको थियो ।

मुलुकको अर्थतन्त्र जोगाउन र अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि उद्योग मन्त्रीसँग भेट गरिएको महासंघले बताएको छ । उद्योग मन्त्रीसँगको भेटपछि न्युज एजेन्सीसँग भेटका विषयमा प्रतिक्रिया दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याको विषयमा जानकारी दिनको लागि महासंघले भेट गरेको बताउनु भयो । उहाँले उद्योग मन्त्रीसँग पछिल्लो समय बजारमा देखिएको तरलता समस्याले उद्योग व्यवसायमा परेको समस्या कसरी सहज बनाउने विषयमा ध्यानाकर्षण गराएको बताउनु भयो ।

महासंघले पछिल्लो समय शीर्ष नेताहरूसमक्ष अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षालेसमेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गर्न माग गर्दै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?