क्यान भोजपुर अध्यक्षमा प्रजन राई

Read Time = 1 min

भोजपुर । कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान) भोजपुरको आगामी दुई बर्षे कार्यकालका लागि प्रजन राई अध्यक्षमा चयन हुनु भएको छ ।
भोजपुर सदरमुकाममा मंगलवार भएको तेश्रो साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा ७ सदस्यीय नयाँ समिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा बिपना शाक्य, सचिव समीर राई, सहसचिव दिपेश राई र कोषाध्यक्षमा अस्मिता राईलाई चयन गरेको छ ।

यस्तै सदस्यमा बविन शाक्य र राजन कोइराला चयन हुनु भएको छ भने २ जना सदस्य कार्य समितिको निर्णय अनुसार पछि मनोनयन हुने छ । अधिवेशनबाट चुनिनु भएकाहरूलाई निर्वाचन अधिकृत उत्तम सिं राई, पत्रकार महासंघका अध्यक्ष एक्सन राई, भोजपुरका बरिष्ठ पत्रकार निरोज कोइराला लगायतले कार्यकाल सफलताको शुभकामना दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?