काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नुभएको छ। मंगलबार शीतल निवास पुगेर उहाँले राष्ट्रपति भण्डारीलाई भेट्नुभएको हो ।
पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा हुनुहुन्छ । एक साताअघि काठमाडौं आइपुग्नुभएको राउतले सबै दलका शीर्ष नेतालाई भेटिसक्नुभएको छ । उहाँले प्रमुख दलका शीर्ष नेताहरूलाई भेटेर राजनीतिमा आफ्नो स्पेस खोजेको संकेत दिनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा उहाँले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो । उहाँको जनमत पार्टीले प्रतिनिधिसभामा पाँच सिट पाउने देखिएको छ । जनमतलाई सरकारमा सामेल गर्न सत्तारुढ गठबन्धनले प्रस्ताव गरेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको