पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । उहाँको मंगलबार ९२ वर्षको उमेरमा काठमाडौंको गंगलाल अस्पताल बाँसबारीमा निधन भएको हो । मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उहाँको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गर्नुभएको थियो । उहाँ विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीशसमेत हुनुभएको थियो । सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशबाट उहाँले अवकाश पाउनुभएको थियो ।

न्यायाधीशमा बहाल हुुँदा र अवकाशपछि पनि विभिन्न घटना दुुर्घटनाको आयोगमा एकल नेतृत्वको जिम्मेवारी पाउनुभएका अनिल निकै इमानदार, लगनशील र सक्षम न्यायाधीशका रूपमा चिनिनुहुन्थ्यो । अनिलका एक श्रीमती र पाँच छोर हुनुहुन्छ । उहाँको बारेमा लेखिएको पुस्तक प्रकाशनोन्मुख छ । छोरा डा.अरुण मास्केका अनुसार उहाँको बुधवार अन्तिम संस्कार गरिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?