दीपिकाले विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले कतारको दोहामा भइरहेको फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्ने हुनुभएको छ । दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टार हुनुहुन्छ । पहिलो पटक कुनै अभिनेत्रीले यस्तो सम्मान पाउनुभएको हो ।

यद्यपि यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । तर, मिडिया रिपोर्टका अनुसार दीपिकाको नाम तय भइसकेको छ । दीपिका १८ डिसेम्बरअघि नै कतार प्रस्थान गर्नु हुनेछ । विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुने छ । हालै फिफाको प्रतिस्पर्धा अघि नोरा फतेहीले पनि यहाँ प्रदर्शन गर्नुभएको थियो । दीपिकालाई कान्स फिल्म फेस्टिभलमा निर्णायक सदस्यको रूपमा पनि चुनिएको थियो भने गोल्ड ब्युटी रेशियोमा पनि विश्वका १० सुन्दर नायिकामा दीपिका पादुकोणको नाम आएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?