‘मैले गर्ने विश्वास’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । रोहित जोशी मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै जानुभएको छ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा उहाँ एक व्यावसायिक मोडलको रुपमा स्थापित हुनुभएको छ । केही समय पहिलेमात्र उहाँ अभिनित ‘मेरो साथी’, ‘मेरो आँशुमा’ र ‘आज तिम्रो सम्झनाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो भने यतिबेला ‘मैले गर्ने विश्वास’ बोलको म्युजिक भिडियो दर्शक, श्रोता माझ आएको छ ।

जुनु काम्बाङको शब्द, प्रमोद खरेलको स्वर, तारा प्रकाश लिम्बूको संगीत रहेको गीतमा साहश शाक्यको एरेञ्ज छ । रोहित जोशी, मुना भर्तेल, दीपक, श्रीजना, गुनगुन, कैलाशको जीवन्त अभिनय रहेको भिडियो शंकरराज पहाडीले निर्देशन गर्नुभएको हो । विनोद सापकोटाको छायांकन, रोशन धितालको सम्पादन रहेको भिडियो धिताल फिल्म प्रालिले सार्वजनिक गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?