काठमाडौं । सेगवे-नाइनबटले आफ्नो विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा इभी-चार्जिङ स्टेशन जडान गर्ने भएको छ । ती चार्जिङ स्टेशनमा छिटो चार्ज हुने फास्ट–चार्जर उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरले चार्जिङ सेवा प्राप्त गर्नेछन् ।
सेगवेको यस्तो पहलले ग्राहकको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउने र सेगवे इ-स्कुटरका चालकले कम चार्जबारेमा चिन्ता र डरबिना लामो दूरीको यात्रा मजाले गर्न सक्ने कम्पनीले जनाएको छ । किनभने जसले प्रत्येक चार्जिङको समयमा खपत भएको युनिट ट्र्याक गर्छ र चार्जरहरू फिट गर्न पनि सजिलो हुनेछ । सेगवे ब्राण्डको सवारीसाधनको आधिकारिक बिक्रेता आइहव प्रालिले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने जनाएको छ ।
कम्पनीले विश्वव्यापीरूपमा प्रख्यात दुईपांग्रे सेल्फ-ब्यालेन्सिङ निजी सवारीसाधन हालै बजारमा ल्याएको छ । इभी सवारीसाधनका प्रयोगकर्ता बढ्दै गएपछि कम्पनीले देशभरका पहुँचयोग्य स्थानहरूमा चार्जिङ स्टेशन जडानको तयारी गरेको हो । सेगवेले आफ्ना सम्पूर्ण उत्पादनसँग आशाजनक गुणस्तर कायम राखेको दाबी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच