जिभी हेल्थलाई विकल्प डिजिटल हेल्थ अवार्ड

Read Time = 2 mins

काठमाडौं । विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभी अनलाइन हेल्थ केयर सम्मानित भएको छ । घर–घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रालि र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको इ–हेल्थ एण्ड टेलिमेडिसिन प्रोग्रामतर्फबाट संयुक्तरूपमा जिभी अनलाइन हेल्थ केयरलाई अवार्ड प्रदान गरिएको हो ।

नेपालमा पहिलोपटक आयोजित डिजिटल हेल्थ कन्फरेन्समा अवार्ड प्रदान गरिएको थियो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको इ-हेल्थ एण्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सहआयोजनामा सञ्चालित कन्फरेन्समा ५० हजार राशिको अवार्ड हेल्थ एट होमतर्फबाट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशालगायतका विषयमा छलफल भएको सम्मेलनमा नेपालस्थित स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्वीट्जरल्याण्ड, जापान, दुबईलगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ता तथा नेपालका स्वास्थ्यसम्बद्ध विज्ञले समेत कार्यपत्र प्रस्तुत गरेका थिए । हेल्थ एट होमले यसअघि नाइटिङ्गेल नर्सिङ अवार्ड २०२२ वरिष्ठ नर्स विमला श्रेष्ठलाई प्रदान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?