यस्तो छ तपाईंको मंसिर २१ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल मंसिर २१ गते बुधबार, ई.सं ७ डिसेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष चतुर्दशी, ७ः३१ बजे उप्रान्त पूर्णिमा, नक्षत्र- कृतिका, १०ः४१ बजे उप्रान्त रोहिणी, योग- सिद्ध, करण- वव, चन्द्रराशि- वृष, सूर्योदयः ६ः४३, सूर्यास्तः १७ः०७ ।

मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट : अन्योलका बीच लक्षित कार्यमा अवरोध हुनेछ ।

सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मीन : माया प्रेममा सामान्य मनमुटाव हुने र विछडिनुपर्ने बाध्यता आउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?