अर्जेन्टिनाका बहालवाला उपराष्ट्रपतिलाई ६ वर्ष जेल सजाय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।

अर्जेन्टिना उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको ठहर गर्दै अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो ।

उनलाई कुनै पनि सार्वजनिक पदमा बस्नबाट पनि अदालतले प्रतिबन्ध लगाएको छ । माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको र उक्त प्रक्रिया निकै लामो रहेकाले तत्काल जेल भने जानुपर्ने अवस्था भने नरहने जनाइएको छ ।

तर बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा जेल सजाय नै दिने अदालतको फैसलाले सिंगो अर्जेन्टिनालाई हल्लाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?