काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिनुभएको छ ।
परिजिताले गत सोमबार डिसेम्बर ५ का दिन सशक्त प्रस्तुति गरे पनि उहाँ सेमिफाइनलबाट बाहिरिनुभएको हो । आज भएको घोषणामा ८ जना मध्ये ४ जना बाहिरिएका थिए ।
बाहिरिएका सबैलाई एक चोटी गीत गाउने मौका दिइएको थियो । ४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो ।
परिजिता ४ भित्र नपरे पछि उहाँले बेजोड प्रस्तुति गरेता पनि फाइनलमा प्रवेश गर्न असफल हुनुभयो । उहाँको यात्रा यही टुंगिएको छ ।
उहाँले मतमा हारे पनि दर्शकको मनमा भने विजयी हासिल गर्नुभएको छ । उहाँले सबैको मन जित्न सफल हुनुभएको छ ।
गत सोमबार उहाँले अस्ट्रेलियाली गायिका तथा गीतकार सिया केट इजाबेल फर्लरको अनस्टपेवल गीत गाउनुभएको थियो । अमेरिकी द भ्वाइसको २२ औँ संस्करणमा १७ वर्षीया परिजिता बाँस्तोला ८ प्रतिस्पर्धीहरूमा उहाँको प्रस्तुति उत्कृष्ट मध्येकै एक भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका