काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको छ ।
आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वोच्च अदालत जबरा आउने भएपछि सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो ।
कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गर्नुभएको हो । आफूलाई अभियान्ता बताउने तारा बरालले कानुन व्यवसायीमाथि जुत्ता प्रहार गर्नुभएको छ ।
जबराको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीमाथि जुत्ता प्रहार गर्नुभएकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका