सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते

Read Time = 1 min

काठमाडौं । सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि विराटनगरस्थित लाइफ गार्ड अस्पताल पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुनसरीकै बर्जु गाउँपालिका-५ का ३५ वर्षीय सिताराम पण्डितको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बुधबार दिउँसो को ९ प ६१ ६३ नम्बरको मोटरसाइकल र को १२ प १५ ५९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?