नवलपरासीमा रासायनिक मल बितरण

फाईल तस्बिर

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा प्रदेश सरकार अन्तर्गत कृषि तथा भूमी व्यवस्था मन्त्रालय मार्फत प्राप्त रासायनिक मल (युरिया) बितरण सुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भूमी व्यवस्था मन्त्रालय मार्फत जिल्लामा प्राप्त कुल ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै बितवरण सुरु भएको हो ।

सो अन्तर्गत जिल्लामा प्राप्त भएको रासायनिक मल जिल्लाका सवै पालिकामा कोटा निर्धारण गरी बितरण प्रकृया अघि बढाईएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) का प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।

प्राप्त मल रामग्राम नगरपालिका, सुनवल नगरपालिका, सरावल गाउंपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन गाउंपालिका, प्रतापपुर गाउंपालिका र सुस्ता गाउंपालिका किसानहरुलाई बितरण गरिने छ ।

मल वितरण प्रकृया पूर्ण रुपमा पारदर्शी गरी प्राथमिकताका आधारमा किसानलाई पालिका स्तरका सहकारी संस्था मार्फत तत्कालै बितरण गरिने सरावल गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।

नवललपरासी निर्वाचन क्षेत्र १ बाट निर्वार्चित संघीय सांसद विनोद चौधरीले प्रदेश सरकार अन्तर्गत कृषि तथा भूमी व्यवस्था मन्त्रालय मार्फत नवलपरासीका किसानलाई रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?