धनकुटाका बेपत्ता युवक मृत अवस्थामा भेटिए

प्रतिकात्मक तस्बिर

Read Time = 1 min
A A- A+

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ५ माझी गाउँका २४ वर्षीय अनिष माझी बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

घरभन्दा करिब एक किलोमिटर दूरीमा पर्ने स्थानीय रुद्रबहादुर भण्डारीको बारीमा माझीको शव फेला परेको प्रहरीले जनाएको छ ।

केही दिनदेखि बेपत्ता रहेका माझीको शव सडेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?