नेपाल-भारत सीमा क्षेत्रमा सुर्खेतका दुई युवा ब्राउन सुगरसहित पक्राउ

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । अवैध लागु औषधि व्राउन सुगरसहित बर्दियामा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्लाको बढैयाताल गाँउपालिका-२ नेपाल-भारत सीमा नजिक फुटाहाबाट १४ ग्राम ६ सय ३० मिलिग्राम ब्राउन सुगर हित २ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ का २४ वर्षिय दीपेन्द्र बुढा र सोहि नगरपालिका ९ लाटीकोइलीका २२ वर्षिय कृपा बोहरा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

उनीहरुकाले प्रयोग गरेको भे ५ प ६२०२ नम्वरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?