काठमाडौं । विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि नेपालमा हुने दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितालाई होनर मोबाइलले प्रायोजन गर्ने भएको छ ।
आयोजक अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य र होनरका तर्फबाट सेल्ट्रोन नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत राहुल राठीले सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गर्नुभयो ।
प्रथम उपाध्यक्ष बज्राचार्यका अनुसार प्रायोजन रकम ५ लाख रुपैयाँ बराबर रहेको छ । प्रतियोगिता मंसिर २२ गतेदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका