टोप्स बास्केटबल शुक्रबारदेखि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १७ छात्र टिमको सहभागिता रहने टोप्सका अध्यक्ष आरसी भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रतियोगिता संयोजकसमेत रहनुभएका टोप्सका सचिव भरतमणि पोखरेलले जानकारी गराउनुभयो ।

समूह ‘ए’ लर्निङ जोन, हृवाइट हेभेन, लालीगुराँस र लिटिल ब्लोसम तथा समूह ‘बी’ महर्षी, इडिफाइ, इमेज र गण्डकी रहेका छन् । तेजस्वी, सुप्रिम, बेल्मोन्ट र निम्बल समूह ‘सी’ तथा ल्याण्डमार्क, शुभकामना, नवोदित, श्वेता सदन र संस्कृति समूह ‘डी’ मा छन् । तीनदिने प्रतियोगिताका खेलहरू मैपीस्थित गण्डकी पब्लिक बोर्डिङ स्कुलको कोर्टमा खेलाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?