कृषिलाई सम्मानित पेशा बनाउने अभियान

Read Time = 2 mins

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषिलाई सम्मानित पेशा बनाउने अभियान सुरु गरेको छ । बहुउद्देश्यीय कृषि सहकारीमार्फत् किसानलाई सहभागी गराई उद्यमशीलता विकासका साथै कृषिलाई सम्मानित पेशाका रूपमा विकसित गराउने अभियान सुरु गरेको बैंकले जनाएको छ । बैंकका अनुसार अभियानअन्तर्गत पहिलो चरणमा स्याङ्जा, कास्की, तनहुँलाई केन्द्रबिन्दु बनाएर कार्य थालनी गरिएको छ ।

स्याङ्जाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुद्देश्यीय कृषि सहकारी संस्था, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था र तनहुँको भानु नगरपालिकामा मिर्लुङकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत् भेला आयोजना गरी स्थानीयस्तरमा सहकारी दर्ता प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा आयोजित भेलामा सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कृषक, उद्यमीलगायत स्थानीय बासिन्दाको सहभागिता रहेको बताइएको छ । सो अवसरमा मुक्तिनाथ विकास बैंकतर्फबाट समुदायस्तरीय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीतर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन गरिएको थियो । प्रशिक्षणको सहजीकरण मुक्तिनाथका सन्तोष रोका र मुक्तिनाथ कृषि कम्पनीका भूमिराज भण्डारीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?