नवलपरासीमा रासायनिक मल वितरण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

प्रकाश न्यौपाने/हिटा
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा प्रदेश सरकारअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत प्राप्त रासायनिक मल (युरिया) वितरण सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत जिल्लामा प्राप्त कुल ४२७.४ मेट्रिक टन रासायनिक मल जिल्लाका सबै पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै वितरण सुरु भएको हो ।

सोअन्तर्गत जिल्लामा प्राप्त भएको रासायनिक मल जिल्लाका सबै पालिकामा कोटा निर्धारण गरी वितरण प्रक्रिया अघि बढाइएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) का प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।

प्राप्त मल रामग्राम नगरपालिका, सुनवल नगरपालिका, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाका किसानहरूलाई वितरण गरिनेछ ।

मल वितरण प्रक्रिया पूर्ण रूपमा पारदर्शी गरी प्राथमिकताका आधारमा किसानलाई पालिका स्तरका सहकारी संस्थामार्फत तत्कालै वितरण गरिने सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो । नवलपरासी निर्वाचन क्षेत्र १ बाट निर्वाचित संघीय सांसद विनोद चौधरीले प्रदेश सरकारअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत नवलपरासीका किसानलाई लक्षित गरी रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?