काठमाडौं । आज पूर्णिमा अर्थात् धान्य पूर्णिमा नामैले पनि यो पर्वमा धानको विशेष महŒव भएको बुझिन्छ । धानलाई लक्ष्मीको रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ ।
यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ ।
नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवी देवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ ।
विशेष गरी पहाडी भेगमा आज गोठपूजा गर्ने चलन छ ।
कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने परम्परा छ । स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ । कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाउने गरिन्छ ।
नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पीठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा छ ।
यस्तै, आज कतिपय समुदायमा देवाली पूजामा बोका कुखुरा, हाँसको बलि दिने प्रचलन पनि रही आएको छ । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका