विश्वकप लिग-२ : आज स्कटल्यान्डसँग खेल्दै नेपाल

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नामिबियामा जारी विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा आज नेपाल स्कटल्यान्डसँग खेल्दैछ ।

नामिबियाको विन्डहकमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे खेल सुरु हुनेछ । श्रृंखलामा लगातार दुई खेल हारेको नेपालले वर्षाले अवरुद्ध एक खेलमा भने अंक बाँडेको थियो ।

बिहीबारको खेल जित्दै नेपाल श्रृंखलाको सुखद अन्त्य गर्न चाहन्छ । यसअघि बुधबारको खेलमा नेपाललाई आयोजक नामिबियाले ८६ रनले हराएको थियो ।

सात देश सहभागी आइसीसी विश्वकप लिग-२ क्रिकेटको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?